सर्लाहीको चन्द्रनगर गाउँपालिकामा नयाँ प्रमुख प्रशासकीय अधिकृतका रूपमा श्री हरि शंकर यादव आज औपचारिक रूपमा गाउँकार्यपालिकाको कार्यालयमा हाजिर हुनुभएको छ।

गाउँपालिकामा उहाँको आगमनसँगै प्रशासनिक कार्यमा थप गति आउने र स्थानीय जनसमुदायलाई चुस्त, दुरुस्त र गुणस्तरीय सेवा प्रवाह हुने अपेक्षा गरिएको छ। साथै, गाउँपालिकामा हुने विकास तथा निर्माणका कार्यहरू अझ प्रभावकारी रूपमा सञ्चालन हुने विश्वास व्यक्त गरिएको छ। गाउँपालिका अध्यक्ष राजकुमार महतो ,जनप्रतिनिधि, कर्मचारीहरूले प्रमुख प्रशासकीय अधिकृत यादवलाई हार्दिक स्वागत गर्दै उहाँको कार्यकाल सफल र फलदायी रहोस् भन्ने शुभकामना व्यक्त गरेका छन्।