लोकतान्त्रिक समाजवादी पार्टी नेपाल, धनुषाद्वारा आयोजित जिल्ला स्तरीय कार्यकर्ता भेटघाट कार्यक्रममा पार्टीका केन्द्रीय अध्यक्ष महेन्थ ठाकुरले महत्वपूर्ण सम्बोधन गर्नु भएको छ।

अध्यक्ष ठाकुर महाकवि कोकिल बाबा विद्यापति स्मृति दिवस कार्यक्रममा सहभागी हुन  जनकपुरधाम पुगेका हुन्। मिथिलाको गौरव, विद्यापतिको सम्झनामा आयोजना भएको कार्यक्रममा सहभागी हुन आएका उहाँलाई जनकपुर विमानस्थलमा भव्य स्वागत गरिएको थियो।

कार्यक्रममा पार्टीका उपाध्यक्ष एवम् प्रवक्ता डा. अभास लाभ, मधेश प्रदेश संसदीय दलका नेता जयनुल राईन, प्रमुख सचेतक रमिता प्रधान, निवर्तमान मन्त्री रानी शर्मा तिवारी, महासचिव परमेश्वर साह, सचिवद्वय अजय झा र ज्ञानु झा, भूमि समस्या समाधान आयोग महोत्तरीका अध्यक्ष एवम् लोसपा केन्द्रीय सदस्य पिताम्बर महतो, केन्द्रीय कार्यालय सचिव प्रदीप पाठक, लोकतान्त्रिक पत्रकार संघका अध्यक्ष कामरेन्द्र वर्मा, लोकतान्त्रिक विद्यार्थी संघका अध्यक्ष रोशन मिश्र, मधेश प्रदेश सचिव ओमलोक पटेल, तथा लोसपा धनुषा अध्यक्ष जिवेन्द्र झा लगायत माननीय सांसद, नेतागण र कार्यकर्ताहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।