उखुको बक्यौता रकम माग गर्दै किसान धर्नामा

धनकौल, २३ कात्तिक – सर्लाहीको पश्चिम धनकौलस्थित अन्नपूर्ण चिनी उद्योगबाट पाउनुपर्ने उखुको बक्यौता रकम माग गर्दै किसानले आजदेखि धर्ना सुरु गरेका छन् । आर्थिक वर्ष २०७०/७१ देखिको भुक्तानी बाँकी रहेको भन्दै किसानले आन्दोलन सुरु गरेका हुन् । धनकौल गाउँपालिका–४, महिनाथपुरका किसान जीतेन्द्र महतोले अन्नपूर्ण चिनी उद्योगमा २०७४ सालमा बिक्री गरेको उखुको पैसा अझै नपाएको गुनासो…