सर्लाही सदरमुकाम मलंगवा नगरपालिकामा जेष्ठ नागरिकहरूले सामाजिक सुरक्षा भत्ता नपाएपछि आइतबार नगरपालिकामा तालाबन्दी गरेका छन्।

नगरपालिकाको कार्यपालिकाका सदस्यहरू, उपमेयर शकुन्तला देवी साह र वडा अध्यक्षहरूको उपस्थितिमा पूर्वनिश्चित कार्यक्रमअनुसार तालाबन्दी गरिएको वडा अध्यक्ष धिरेन्द्र साहले जानकारी दिए।

उनका अनुसार, तीन दिनअघि नै नगरपालिकाका जनप्रतिनिधिहरूले प्रमुख जिल्ला अधिकारीलाई ज्ञापनपत्र बुझाएर भत्ता वितरणको समस्या तत्काल समाधान गर्न माग गरेका थिए। तर माग बेवास्ता भएपछि आजको तालाबन्दीको कदम चालिएको हो।

स्थानीयहरूका अनुसार, लामो समयदेखि शिक्षक,कर्मचारी ,जेष्ठ नागरिक, अपाङ्गता भएका व्यक्ति तथा एकल महिला भत्ता वितरणमा ढिलाइ हुँदै आएको छ, जसले सेवा प्राप्तकर्ताहरूमा असन्तुष्टि बढाएको छ।