अपाङ्गता भएका महिला, बालबालिका र किशोरीहरूको न्यायमा सहज पहुँच र समावेशी शासन प्रवर्द्धन गर्ने उद्देश्यसहित ‘नेपालका अपाङ्गता भएका महिला तथा किशोरीहरूका लागि रुपान्तरित वातावरण (IGNITE) परियोजनाको परिचयात्मक कार्यक्रम’ आइतवार  र सोमबार सम्पन्न भएको छ।

कार्यक्रमको आयोजना मुक्ति नेपाल, सिरहाले गरेको हो। कार्यक्रममा संस्थाकी अध्यक्ष देवकुमारी महराको अध्यक्षतामा जिल्लाको ४ पालिकामा परियोजनाको परिचयात्मक कार्यक्रम सम्पन गरेको हो । चार वर्षे परियोजना मलंगवा नगरपालिका, हरिवन नगरपालिका, ब्रम्हपुरी गाउँपालिका र चन्द्रनगर गाउँपालिकामा कार्यान्वयनमा ल्याइनेछ।

अध्यक्ष महराका अनुसार, यस परियोजनाले अपाङ्गता भएका महिला, बालबालिका र किशोरीहरूका लागि न्यायमा सहज पहुँच र अवसर सुनिश्चित गर्न रुपान्तरित र सहज वातावरण निर्माण गर्ने लक्ष्य राखेको छ।

परियोजनामार्फत अपाङ्गता भएका महिलाहरूको अधिकार सुनिश्चिततामा ठोस योगदान पुर्‍याउने बताइन्।

कार्यक्रमका बारेमा मुक्ति नेपाल अभियान कार्यकर्ता रीना साह  जानकारी दिँदै सर्लाहीका चार पालिकामा यो परियोजना सञ्चालन हुने बताइन्। संस्थाको गतिविधि र उद्देश्य परियोजनाको प्रस्तुतीकरण एन.डि.डब्लु.ए कार्यक्रम प्रबन्धक सुष्मिता श्रेष्ठ गरेकी थिइन्।

कार्यक्रममा चारै पालिकाका प्रमुखहरू प्रमुख अतिथिका रूपमा सहभागी थिए। उहाहरुले संस्थाले सञ्चालन गर्ने कार्यक्रमहरूमा स्थानीय तहबीच प्रभावकारी समन्वय र सहकार्य आवश्यक रहेको भन्दै, आगामी दिनमा मुक्ति नेपालसँग सहकार्य गर्दै परियोजना प्रभावकारी रूपमा कार्यान्वयन गर्ने विश्वास व्यक्त गरे।

कार्यक्रम   मा कार्यालय प्रमुख प्रशासकीय अधिकृत वडाध्यक्ष, प्रहरी कर्मचारी, संघ–संस्थाका प्रतिनिधि र पत्रकारहरूको सहभागिता रहेको थियो। सहभागीहरूले अपाङ्गता भएका व्यक्तिहरूका अधिकार सुनिश्चित गर्न स्थानीय तह, सरोकारवाला निकाय र समुदायबीच सहकार्य तथा नीतिगत समन्वय अपरिहार्य रहेको धारणा राखेका थिए। ।