उखु किसानको धर्ना स्थगित, आज उद्योगपतिसँग वार्ता

धनकौल, ३० कात्तिक – सर्लाहीको पश्चिम धनकौलमा रहेको अन्नपूर्ण चिनी उद्योगमा उखु बेचेको पैसा माग्दै धर्नामा बसेका किसानले तत्काललाई धर्ना स्थगित गरेका छन् । १२ वर्ष अघिदेखि बिक्री गरेको उखुको पैसा नपाएको भन्दै किसानले गएको आइतबारदेखि उद्योगको मुलद्वारमा तालाबन्दी गरेर धर्ना सुरु गरेका थिए । स्थानीय प्रशासनले उद्योगपतिसँग छलफल गराएर बक्यौता रकम दिलाउने आवश्यक दिएपछि…