ग्रामीण नारी उत्थान संघ हरिपुर २, सर्लाही र सेभ द चिल्ड्रेनको साझेदारीमा ईश्वरपुर र हरिपुर नगरपालिकामा सञ्चालन भइरहेको समुदाय सशक्तिकरण कार्यक्रमको जिल्ला परियोजना सल्लाहकार समितिद्वारा अनुगमन र मूल्यांकन सम्पन्न भएको छ।

अनुगमन र मूल्यांकनपछि समिक्षा बैठक आयोजित गरिएको थियो, जसमा सर्लाही जिल्ला समन्वय समितिका सभापति कौशल कुमार सिंह, जिल्ला शिक्षा विकास समन्वय ईकाई प्रमुख रामवृज महतो, कृषि ज्ञान केन्द्रका वालिविकास अधिकृत, ग्रामीण नारी उत्थान संघका अध्यक्ष गोमा देवी न्यौपाने, सचिव सूर्य प्रसाद चालिसे, कोषाध्यक्ष सीमा कोइराला, तथा परियोजना प्रबन्धक दिपक भण्डारी लगायतको सहभागीता रहेको थियो।

बैठकमा परियोजना अन्तर्गतका कार्यक्रम र संरचनाको गुणस्तर मूल्यांकन गरिएको, सबल पक्ष र सुधार गर्नुपर्ने पक्ष पहिचान गरिएको तथा आगामी कार्यक्रममा सुधारका लागि स्थानीय निकायको साझेदारीमा प्रयोग गर्ने निर्णय भएको थियो।

अनुगमनका क्रममा विद्यालयहरूको भौतिक संरचना, मर्मत–सम्भार, पिउने पानीको व्यवस्था, प्रविधि मैत्री सिकाइ (४.४ थान स्मार्ट बोर्ड) र विद्यार्थीहरूको उपस्थितिलाई व्यवस्थित देखिएको उल्लेख गरिएको छ। अपाङ्गता भएका बालबालिकाका लागि घरमै सञ्चालनमा रहेका विद्यालयको निरीक्षण समेत गरिएको थियो।

समिक्षा बैठकपछि सहभागीहरूले आगामी दिनमा कार्यक्रमलाई अझ प्रभावकारी बनाउन, स्थानीय निकायसँग साझेदारीमा काम गर्न सुझाव, सल्लाह र निर्देशन प्रदान गरेका छन्।