महिला मानव अधिकार दिवसको अवसरमा सर्लाही सदरमुकाम मलंगवास्थित शिवसागर चोक (सहिद चोक) मा महिला मानवअधिकार रक्षक सञ्जालले शनिवार साँझ दिप प्रज्वलन कार्यक्रम आयोजना गरेको छ।

उक्त कार्यक्रममा महिला अधिकारकर्मी दिवानी घिमिरे, अब्दुल सहमद (नगमा), दिब्या साह, बुधन साह, रीना साह तथा आशिष समाजिक सेवा नेपालकी जिल्ला प्रमुख संगिता नेपाली लगायतको उपस्थिति रहेको सञ्जालका अध्यक्ष मुकेश कुमार मिश्रले जानकारी दिनुभयो।

कार्यक्रममा महिला मानव अधिकारका क्षेत्रमा सक्रिय महिलाहरू तथा विभिन्न सङ्घ–संस्थाका प्रतिनिधिहरूको समेत सहभागीता रहेको थियो।

महिला मानव अधिकार दिवसको सम्मान, संरक्षण तथा अधिकारबारे जनचेतना अभिवृद्धि गर्ने उद्देश्यका साथ आजको कार्यक्रम सम्पन्न गरिएको आयोजकले जनाएको छ।