सर्लाही सदरमुकाम मलंगवास्थित सगरमाथा आधारभूत आवासीय विद्यालयको २५औँ स्थापना दिवस (रजत जयन्ती) बिहीबार भव्य समारोहका बीच सम्पन्न गरिएको छ। कार्यक्रम विद्यालयका संस्थापक अध्यक्ष तिलक कुमार क्षेत्रीको अध्यक्षतामा तथा शिक्षा विकास तथा समन्वय इकाइ, सर्लाहीका प्रमुख तथा उपसचिव मित्र प्रसाद गौतमको प्रमुख आतिथ्यतामा सम्पन्न भयो।

समारोहमा विशिष्ट अतिथि म्हणून शिक्षा विकास तथा समन्वय इकाइका शिक्षा अधिकृत सुनिल कुशवाहा, मलंगवा नगरपालिका शिक्षा शाखा प्रमुख प्रमोद मण्डल, प्यबसन सर्लाहीका अध्यक्ष सागर गिरी तथा मानव अधिकार रक्षक सञ्जाल सर्लाहीका अध्यक्ष मुकेश कुमार मिश्र उपस्थित थिए।

त्यसैगरी, बाल कल्याण समाजका अध्यक्ष सुन्दर श्याम राय, शिक्षाका लागि राष्ट्रिय अभियान सर्लाहीका अध्यक्ष राजेश पासवान, निरन नेपाल सर्लाहीका अध्यक्ष डा. अब्दुर रहिम मिकरानी लगायतको अतिथ्यता रहेको थियो।

समारोहमा विद्यार्थीहरूले प्रस्तुत गरेको मार्चपास, सांस्कृतिक प्रस्तुति, खेलकुद तथा जिम्नास्टिकले कार्यक्रमलाई अझ आकर्षक बनाएको थियो। कार्यक्रम कमिटीका अध्यक्ष तिलक क्षेत्रीले सहभागी सबैप्रति आभार व्यक्त गर्दै रजत जयन्तीलाई ऐतिहासिक रूपमा सफल बनाएको बताए। यसका साथै प्रमुख अतिथि, विशिष्ट अतिथि तथा अन्य अतिथिहरुलाई मायाको चिनोसहित सम्मान गरिएको विद्यालयका प्राध्यापक जोसेफ क्षेत्रीले जानकारी दिए।

२०५७ सालमा स्थापना भएको सो विद्यालयले जिल्लामा नमुना शैक्षिक संस्था रूपमा ख्याति कमाएको छ। शिक्षासँगै विद्यार्थीको संस्कार, सीप र व्यावहारिक गुणस्तरलाई प्राथमिकता दिंदै आएको विद्यालयलाई अतिथिहरुले आगामी दिनमा अझ उत्कृष्ट उपलब्धि हासिल गर्ने विश्वास व्यक्त गरे।