महिलामाथि हुने डिजिटल तथा लैङ्गिक हिंसा अन्त्य गर्ने उद्देश्यसहित सर्लाहीमा भ्रूण हत्या रोकथाम सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न भयो। कार्यक्रम अध्यक्ष अब्दुल सहमद नगमाको अध्यक्षतामा सम्पन्न भएको थियो।

कार्यक्रममा मलंगवा नगरपालिका स्वास्थ्य शाखा प्रमुख विष्णुकान्त साह, महिला तथा बालबालिका शाखा प्रमुख नगिना राय, मानवअधिकार रक्षक सञ्जालका अध्यक्ष मुकेश कुमार मिश्र सहित स्थानीय संघ–संस्थाका प्रतिनिधिहरूको सहभागिता थियो। बुधबार बिहान मलंगवा नगरपालिकाको सभाहलमा सम्पन्न कार्यक्रमको संचालन  कार्यक्रम दिवानी घिमिरेले सञ्चालन गरेकी थिइन्।

कार्यक्रममा राजेश पासवान, सुन्दर श्याम, मुकेश कुमार मिश्र, सङ्गीता नेपाली, दिव्या साह, रीना साह र सङ्गीता परियार,बुधन साह, संचारकर्मी राजिव साहले आफ्ना धारणा राखेका थिए।
स्वास्थ्य शाखा प्रमुख साहले भ्रूण हत्या रोकथाम तथा नियमनका लागि नगरपालिका स्तरमै विशेष अभियान सुरू गरिने जानकारी दिए।

सहभागीहरूले स्थानीय स्तरमा भइरहेका भ्रूण हत्या तथा महिला हिंसासम्बन्धी घटनामाथि विस्तृत छलफल गरे।

३४ औँ अन्तर्राष्ट्रिय १६ दिने लैङ्गिक हिंसा विरोधी दिवसको अवसरमा आयोजित कार्यक्रममा प्रविधिको सही प्रयोग गरौँ, लैङ्गिक हिंसा अन्त्य गरौँ भन्ने राष्ट्रिय नारालाई केन्द्रमा राखी भ्रूण हत्या, यसको सामाजिक प्रभाव, कानुनी व्यवस्था तथा रोकथामका उपायबारे विचार–विमर्श गरिएको थियो।

कार्यक्रमको संयोजन ‘साथ साथ सिकाई रञ्जाल, सर्लाही’ ले आयोजना गरेको थियो भने को -क्याप सहयोगमा सम्पन्न गरेको थियो।
सहभागीले समाजमा अझै विद्यमान लैङ्गिक तथा डिजिटल हिंसालाई अन्त्य गर्न सामूहिक प्रयास र सकारात्मक प्रविधि प्रयोग अपरिहार्य रहेको निष्कर्ष निकाले।