सर्लाहीको मलंगवा नगरपालिका–१२ गमहरिया स्थित चिल्ड्रेन किङ्गडम एकेडेमीले तेस्रो खेलकुद दिवस–२०८२ शुक्रबार भव्य रूपमा सम्पन्न गरेको छ। विद्यालय परिसरमा आयोजित कार्यक्रममा विद्यार्थी, अभिभावक र स्थानीयको उत्साहजनक सहभागिता देखिएको थियो।

कार्यक्रम एकेडेमीका संस्थापक भरत यादवको सभापतित्वमा सम्पन्न भएको हो। कार्यक्रममा सगरमाथा आधारभूत आवासीय विद्यालयका अध्यक्ष तिलक कुमार क्षेत्री प्रमुख अतिथिका रूपमा उपस्थित थिए।

कार्यक्रममा विशिष्ट अतिथिका रूपमा प्रमेश्वर यादव,नरेश साह, एनसिएफका प्रबन्धक संजीत मण्डल अतिथिका रूपमा आशिष सामाजिक सेवा नेपालकी संगिता नेपाली,बाल क्ल्यान समाजका अध्यक्ष सुन्दर श्याम राय, सगरमाथा आधारभूत आवासीय विद्यालयका प्रध्यापक जोसेफ क्षेत्री,अर्पना क्षेत्री, लोरेन्स क्षेत्री, अबिनाश मण्डल, पत्रकार राजिव  साह उपस्थित थिए।

संस्थापक भरत यादवका अनुसार नर्सरीदेखि कक्षा ३ सम्म पठन–पाठन हुँदै आएको एकेडेमीले बालमैत्री शिक्षालाइ प्राथमिकता दिएको छ। उनले विद्यालयको कक्षा विस्तार, शैक्षिक वातावरण सुधार तथा बाल–केन्द्रित सिकाइलाई अझ प्रभावकारी बनाउने योजना बारे जानकारी गराए।

यादवले कार्यक्रम सफल पार्न सहयोग गर्ने अभिभावक, अतिथि, शिक्षक–शिक्षिका तथा विद्यालय परिवारका सबै सदस्यप्रति आभार प्रकट गरे।

विद्यालयका प्रध्यानध्यापक प्रकाश प्रसाद मसीहाका अनुसार खेलकुद दिवसको अवसरमा विभिन्न खेलकुद प्रतियोगिता, सांस्कृतिक प्रस्तुति तथा सम्मान कार्यक्रमको आयोजना गरिएको थियो।

सो अवसरमा कार्यरत शिक्षक–शिक्षिकालाई मायाको चिनो सहित सम्मान गरिएको थियो।

विभिन्न प्रतिस्पर्धामा प्रथम, द्वितीय र तृतीय स्थान हासिल गर्ने विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रमाणपत्र प्रदान गरिएको विद्यालयले जनाएको छ।

चिल्ड्रेन किङ्गडम एकेडेमीले छोटो समयमै बालमैत्री शिक्षा, अनुशासन तथा नियमित गतिविधिका कारण समुदायमा सकारात्मक छाप बनाउँदै आएको विद्यालय प्रशासनले जनाएको छ।