आगामी प्रतिनिधिसभा निर्वाचनका लागि जनमत पार्टीले सर्लाही क्षेत्र नम्बर ४ अन्तर्गत क्षेत्रीय निर्वाचन क्षेत्र नं।४मा राकेश कुमार मिश्रको नाम एकल रूपमा सिफारिस गरेको जनमत पार्टी सर्लाहीका जिल्ला इन्चार्ज श्रीचन यादवले जानकारी दिएका छन्।

मलंगवामा बसेको पार्टी बैठक तथा छलफलपछि मिश्रको नाम एकमात्र आकांक्षी रूपमा सिफारिस गरिएको हो। कृषक अधिकार, विशेष गरी उखु किसान आन्दोलनमा सक्रिय भूमिका निभाउँदै आएका मिश्र स्थानीयस्तरमा युवाबीच लोकप्रिय नेताका रूपमा पहिचान बनाउँदै आएका छन्।

सरकारले फागुन २१ गते निर्वाचन गर्ने योचना सार्वजनिक गरेसँगै जिल्लाका विभिन्न राजनीतिक दलहरूले समेत आकांक्षी उम्मेदवारहरूको नाम सिफारिस गर्ने प्रक्रिया तिव्र बनाएका छन्।

सो क्षेत्रमा आगामी चुनावमा प्रमुख दलका प्रभावशाली नेताहरूबीच प्रतिस्पर्धा हुने अनुमान गरिएको छ। प्रतिस्पर्धामा नेपाली कांग्रेसका महामन्त्री गगन थापा,लोसपाका महासचिव मनीष कुमार मिश्र तथा स्वतन्त्र निवार्चित निवर्तमान सांसद अमरेश कुमार सिंह रहने विश्लेषण गरिएको छ।