हिन्दु सम्राट सेना नेपालले तुलसी पूजन दिवसको अवसरमा आज सर्लाहीको मलंगवामा विशेष कार्यक्रम गरी दिवस मनाएको छ। मलंगवा वडा नं. २ परिक्रमा गर्दै झण्डा बजारस्थित तुलसी रोपण तथा पूजा–अर्चना गरी कार्यक्रम सम्पन्न गरिएको हो।

हिन्दु सम्राट सेना नेपालका जिल्ला संयोजक रमानन्द (सनातनी)यादवले जानकारी दिएअनुसार, कार्यक्रम धार्मिक तथा सांस्कृतिक महत्वलाई प्रवर्द्धन गर्ने उद्देश्यले आयोजना गरिएको थियो।

कार्यक्रममा संगठनका पदाधिकारी तथा सदस्यहरूको सहभागिता रहेको थियो। तुलसीको धार्मिक महत्वबारे चर्चा गर्दै सनातन संस्कृति संरक्षण र सामाजिक एकतामा जोड दिइएको आयोजकले जनाएको छ।