सर्लाही जिल्लाको कबिलासी नगरपालिकामा आज विभिन्न राजनीतिक दल परित्याग गरी युवाहरू राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मा प्रवेश गरेका छन्।

कार्यक्रममा पार्टीका नेता एवम  निवर्तमान सांसद हरि ढकालकाे प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा  पार्टी प्रवेश कार्यक्रम सम्पन्न भएको रास्वपाले जनाएको छ ।

विभिन्न दल परित्याग गरेका नेता–कार्यकर्ता तथा युवाहरू रास्वपामा प्रवेश गरेको जानकारी रास्वपा कबिलासी नगर समितिका संयोजक योगेश झाले दिनुभयो।