सनातन धर्म, संस्कृति तथा राष्ट्र–धर्मको संरक्षण र प्रवर्द्धन गर्ने उद्देश्यका साथ हिन्दु सम्राट सेना नेपालद्वारा चकरघट्टा गाउँपालिका–८, औरहीमा वडा स्तरीय समिति गठन गरिएको छ।

सर्वसम्मत निर्णयअनुसार सुबोध चौरसियालाई समितिको अध्यक्षमा चयन गरिएको छ। नवगठित समितिमा कुल ५१ सदस्य रहेका छन्।

कार्यक्रममा धर्म, राष्ट्र र समाजको हितमा एकताबद्ध भएर अघि बढ्ने प्रतिबद्धता व्यक्त गरिएको थियो।

समिति गठन कार्यक्रममा हिन्दु सम्राट सेना नेपालका केन्द्रीय उपाध्यक्ष कृष्ण यादव,जिल्ला अध्यक्ष रमानन्दन यादव लगायत जिल्ला तथा स्थानियतहका प्रतिनिधिहरूको सहभागिता रहेको थियो।