स्वास्थ्य कार्यालय सर्लाहीको आयोजना, मलंगवा नगरपालिकाको सहयोग तथा सुनौलो परिवार नेपालको प्राविधिक सहयोगमा सञ्चालन गरिएको परिवार नियोजनको स्थायी बन्ध्याकरण (मिनिल्याप) शिविर सफलतापूर्वक सम्पन्न भएको छ।

शिविरको पहिलो दिन ५४ जना महिलाले मिनिल्याप सेवा लिएका थिए भने दोस्रो दिन शनिबार थप ३६ जना महिलाले सेवा लिएका छन्। यससँगै दुई दिनमा कुल ९० जना महिलाले मिनिल्याप सेवा लिएका छन्। साथै शिविरमार्फत २ जनाले आईयूसीडी सेवा पनि प्राप्त गरेका छन्।

शिविरको उद्घाटन शुक्रबार प्रादेशिक अस्पताल सर्लाही, मलंगवामा स्वास्थ्य कार्यालय सर्लाहीका प्रमुख नवल किशोर झाको अध्यक्षता तथा मलंगवा नगरपालिकाका प्रमुख नागेन्द्र प्रसाद यादवको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो।

शिविर सम्पन्न भएपछि मलंगवा नगरपालिकाका प्रमुख विष्णुकान्त साहले चिकित्सकसहितको सुनौलो परिवार नेपालको टोली, स्वास्थ्य कार्यालय सर्लाही र मलंगवा नगरपालिकाको टोली, स्वास्थ्य शाखा, प्रादेशिक अस्पताल मलंगवाको टोली, स्वास्थ्य संस्थाका प्रमुख तथा अन्य स्वास्थ्यकर्मीहरू र महिला सामुदायिक स्वास्थ्य स्वयंसेविकाहरूको कार्यको प्रशंसा गर्दै धन्यवाद व्यक्त गर्नुभयो।

स्थानीय तहको सहकार्यमा सञ्चालन गरिएको यस्तो शिविरले परिवार नियोजन सेवा प्रवाहलाई थप प्रभावकारी बनाएको र महिलाको स्वास्थ्य सुरक्षामा महत्वपूर्ण योगदान पुर्‍याएको सरोकारवालाहरूले बताएका छन्।