सर्लाही, फागुन १५ — सर्लाही निर्वाचन क्षेत्र नं. १ अन्तर्गत ईश्वरपुर नगरपालिका–६ बयलबास बजार (महेन्द्र बजार) स्थित पुरानो नगरपालिका भवन नजिक २०८२ फागुन १६ गते शनिबार बिहान १० बजे चुनावी सभा आयोजना हुने भएको छ।

उक्त सभालाई नेपाली काङ्ग्रेसका सभापति  गगन कुमार थापाले प्रमुख वक्ताका रूपमा सम्बोधन गर्ने कार्यक्रम तय भएको छ। कार्यक्रमबारे जानकारी दिँदै नेपाली काङ्ग्रेस मधेस प्रदेश समिति सदस्य एवं संसदीय मामिला तथा कानुन विभाग प्रमुख राम बाबु साहले सभामा पार्टीका नेता–कार्यकर्ता, समर्थक तथा शुभेच्छुकहरूको उल्लेखनीय सहभागिता रहने विश्वास व्यक्त गर्नुभयो।

उहाँले लोकतान्त्रिक मूल्य–मान्यता सुदृढ गर्न तथा क्षेत्रीय विकासका एजेन्डा प्रस्तुत गर्न सभा महत्वपूर्ण हुने बताउँदै सम्पूर्ण नेता–कार्यकर्ता तथा शुभेच्छुकहरूलाई उपस्थित भई कार्यक्रम सफल पार्न आग्रह गर्नुभएको छ।

स्थानीय तहमा चुनावी गतिविधि तीव्र बन्दै गएको अवस्थामा शीर्ष नेताको आगमनले क्षेत्र नं. १ को राजनीतिक माहोल थप तातिने अपेक्षा गरिएको छ।