माध्यमिक शिक्षा परीक्षा (एसईई) २०८२ अन्तर्गत विज्ञान विषयको परीक्षा सोमबार शान्त र मर्यादित रूपमा सम्पन्न भएको छ।

परीक्षामा सहभागी हुन फारम भरेका कुल ११ हजार ३७१ विद्यार्थीमध्ये १० हजार ५०६ जना उपस्थित भएका थिए भने ८६५ जना अनुपस्थित रहेका छन्। उपस्थितमध्ये ५ हजार २७४ छात्रा र ५ हजार २३२ छात्र रहेका छन्। त्यस्तै अनुपस्थित हुनेमा ५१६ छात्रा र ३४९ छात्र रहेका छन्।

नियमिततर्फ १० हजार २८५ र ग्रेडवृद्धितर्फ १ हजार ८६ विद्यार्थीले फारम भरेका थिए।

शिक्षा विकास तथा समन्वय इकाइ सर्लाहीका शाखा अधिकृत तथा सूचना अधिकारी सुनिल कुमार कुशवाहाका अनुसार परीक्षा जिल्लाभर शान्त र व्यवस्थित रूपमा सम्पन्न भएको हो।