सर्लाही — गोडैता नगरपालिकाले नगरभित्र रहेका १३ वटै स्वास्थ्य संस्थालाई ल्यापटप तथा ९ वटा स्वास्थ्य संस्थालाई प्रिन्टर वितरण गरेको छ।

नगर प्रमुख देवेन्द्र कुमार यादवको अध्यक्षतामा आयोजित कार्यक्रममा उपप्रमुख अञ्जना कुशवाहा, प्रमुख प्रशासकीय अधिकृत हेमबहादुर कार्की लगायतको आतिथ्यता रहेको थियो।

कार्यक्रममा स्वास्थ्य शाखा प्रमुख प्रमोद पण्डितले स्वास्थ्य संस्थाहरूमा सूचना प्रविधिको प्रयोगलाई प्रभावकारी बनाउने उद्देश्यले उपकरण वितरण गरिएको जानकारी दिए। उनले अब बिरामीको अभिलेख (Online Record) व्यवस्थापन, तथ्याङ्क संकलन तथा अन्य स्वास्थ्य सेवाहरू थप सहज, व्यवस्थित र प्रभावकारी हुने अपेक्षा गरिएको बताए।

नगरपालिकाले सूचना प्रविधिमैत्री स्वास्थ्य सेवा प्रवाहलाई प्राथमिकता दिँदै आगामी दिनमा पनि आवश्यक सहयोगलाई निरन्तरता दिने जनाएको छ।