मलंगवा, कात्तिक,१० – चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो तीन महिनामा २ लाख ४ हजार २४८ नेपालीले वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति लिएका छन्। वैदेशिक रोजगार विभागका अनुसार असोजमा मात्रै ७३ हजार ७६५ जनाले स्वीकृति लिएका छन्।

असोजमा सबैभन्दा धेरै २३ हजार ८९९ जना यूएई जान श्रम स्वीकृति लिएका छन्। त्यसपछि कतार, मलेसिया र साउदी अरेबिया नेपाली श्रमिकका प्रमुख गन्तव्य बनेका छन्। जिल्लागत रूपमा झापाबाट सबैभन्दा धेरै ३ हजार ४९० जनाले श्रम स्वीकृति लिएका छन्।