सर्लाहीको ईश्वरपुर नगरपालिका–५ नरेशखोरमा बाँदरको आक्रमणबाट एक ४ वर्षीय बालक घाइते भएका छन्।

प्रहरीका अनुसार शुक्रबार बिहान करिब ६ बजे प्रमोद रामका ४ वर्षीय छोरा अनिश राम आफ्नै घरमा सुतिरहेको अवस्थामा एक्कासी घरमा पसेको बाँदरले उनको अनुहारमा कोतारी (चितारी) घाइते बनाएको हो।

घाइते बालकलाई तत्काल उपचारका लागि प्रादेशिक अस्पताल मलंगवा ल्याइएको थियो। त्यहाँ सामान्य उपचारपछि थप उपचारका लागि हेटौँडातर्फ रिफर गरिएको प्रहरीले जनाएको छ। हाल बालकको स्वास्थ्य अवस्था सामान्य रहेको बताइएको छ।