गोरखाको चुमनुब्री गाउँपालिका-४ स्थित नाम्रुङ खोलामा गएराति आएको बाढीले चार घर र एउटा फलामे पुल बगाएको छ ।

गोरखाका डीएसपी राजकुमार श्रेष्ठका अनुसार गए राति तीन बजेतिर आएको बाढीले वडा नम्बर-४ नाम्रुङका नुर्वु ओङ्ग्याल, उर्गेन छयोदेन, लाक्पा भुटी र दोर्जे ग्याल्जेनको घर बगाएको छ ।

बाढीले सो गाउँपालिकाको वडा नम्बर-४ र वडा नम्बर-२ जोड्ने फलामको पुल समेत बगाएको उनले बताए ।