उत्तरी सिरियाको अलेप्पो प्रान्तको अल-ऐस शहरमा सोमबार बिहान विस्फोट भएको छ ।

सिरियाली सरकारी टेलिभिजन अल-इखबारिया लगायत सञ्चार माध्यमहरूले उक्त शहरमा सोमबार बिहान धेरै विस्फोटहरू भएको बताएका छन् ।

बीबीसीले स्थानीय स्रोतहरूलाई उद्धृत गर्दै सिरियाली रक्षा मन्त्रालयको हतियार डिपोमा विस्फोट भएको रिपोर्ट गरेको छ ।

घटनापछि उक्त क्षेत्रको अवस्थाबारेमा आवश्यक जानकारी संकलन गर्ने काम भइरहेको जनाइएको छ।

यद्यपि, अहिलेसम्म विस्फोटमा कुनै हताहत वा घाइते भएको आधिकारिक पुष्टि भने भएको छैन ।

केही स्थानीय स्रोतहरू र मिडिया रिपोर्टहरूले विस्फोटको पछाडि इजरायली हवाई आक्रमणको हात रहेको आशंका गरेका छन् । तर यसको स्वतन्त्र रूपमा पुष्टि भने हुन सकेको छैन ।

रिपोर्टहरूका अनुसार उक्त डिपो टर्की-समर्थित हतियार भण्डारण गर्न प्रयोग गरिएको थियो।