नेपालगन्जबाट डोल्पाका जुफाल एयरपोर्ट उडेको सिता एयर दुर्घटना भएको छ ।

१३ जना यात्रु बोकेर  गएको सानो विमानको पछाडिको दायाँतर्फको टायर फुस्केपछि धावनमार्गमै दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय डोल्पाले जानकारी दिएको छ ।

डीएसपी अनिल गिरीका अनुसार  सबै यात्रु सकुशल छन् भने  धावनमार्गमा  मर्मत भइरहेको छ ।
नाइ–एन–एजेएच कलसाइन रहेको  जहाज आज बिहान ८ बजेर २५ मिनेटको समयमा दुर्घटना भएको हो । विमानमा सात जना विदेशी नागरिकसमेत  थिए ।
जहाज धावनमार्गमै रोकिएपछि अन्य जहाज  अवतरण गर्न सकेका छैनन् । जुफालकाे उडान अवरुद्ध  छ ।