लगातारको वर्षाका कारण काभ्रेपलाञ्चोकको भुम्लु गाउँपालिका-५ मा रहेको सल्ले प्रहरी चौकी पहिरोको जोखिममा परेको छ ।

अविरल वर्षापछि चौकीको अगाडिको भागमा पहिरो गएकोले चौकी भवन जोखिममा परेको जिल्ला प्रहरी कार्यालय काभ्रेका सूचना अधिकारी डीएसपी रविन विष्टले जानकारी दिए ।

उनका अनुसार चौकीको अगाडिको भाग पहिरोले बगाएको छ ।

पहिरो खसेपछि प्रहरी चौकी भवनलाई तत्काल त्रिपालले छोपेर राखिएको छ ।

पहिरोका कारण भवनको अगाडितर्फको भागमा जोखिम बढेपछि थप क्षति हुन नदिन सुरक्षाका अन्य उपायहरू अपनाइएको उनले बताए ।