सुर्मा गाउँपालिका–२ मण्डौडीमा बोलेरो जिप दुर्घटना हुँदा चालक कुन्दन बहोराको मृत्यु भएको छ भने दुई जना सामान्य घाइते भएका छन्।

प्रहरीका अनुसार सुर्मा गाउँपालिका–४ का २६ वर्षीय बोहराले चलाएको सुदूरपश्चिम प्रदेश ०२–००१ ज १०९५ नम्बरको बोलेरो जिप बिहीबार मण्डौडीमा दुर्घटनामा परेको हो। प्रारम्भिक जानकारीअनुसार जिपको ब्रेक फेल भएपछि दुर्घटना भएको हो।

जिपमा चालकसहित तीन जना सवार थिए। घाइतेहरूको स्थानीय स्वास्थ्य संस्थामा उपचार भइरहेको छ।