जनकपुरमा एकजना पक्राउ,फेसबुकमा खुकुरी देखाएर त्रास फैलाएको  फोटो राखेको आरोपमा धनुषा प्रहरीले एक युवकलाई  नियन्त्रणमा लिएको छ।

जिल्ला प्रहरी कार्यालयका अनुसार जनकपुरधाम उपमहानगरपालिका–१३, धाताटोलका १८ वर्षीय सुमन पटेललाई आइतबार साँझ आफ्नै घरबाट नियन्त्रणमा लिइएको  जनाएको छ।

प्रहरी प्रवक्ता एवं डिएसपी ओमप्रकास खनालका अनुसार पटेलले फेसबुकमा धारिलो हतियार खुकुरी देखाएर डरत्रास फैलाउने किसिमको तस्बिर अपलोड गरेका आरोपमा नियन्त्रणमा लिएको जनाएका छन्

नियन्त्रणमा लिइएका पटेलमाथि अनुसन्धान भइरहेको र प्रचलित कानुनअनुसार आवश्यक कारबाही प्रक्रिया अघि बढाइएको प्रहरीले जनाएको छ।