मलंगवा, २९,असोज, – पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभावका कारण आज र भोलि देशका विभिन्न स्थानमा वर्षा हुने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।महाशाखाका अनुसार गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली भूभागका थोरै स्थान तथा पहाडी भूभागका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित मध्यमसम्मको वर्षा हुन सक्छ।

त्यस्तै, कोशी र बागमती प्रदेशका हिमाली तथा पहाडी क्षेत्रमा हल्का वर्षा र हिमपातको सम्भावना छ। लुम्बिनी र सुदूरपश्चिमका तराई क्षेत्रमा समेत छिटपुट वर्षा हुन सक्ने पूर्वानुमान छ।

विशेषगरी पश्चिमी क्षेत्रमा वर्षा र चट्याङको सम्भावना रहेकाले कृषि कार्यमा संलग्न व्यक्ति तथा सर्वसाधारणलाई सतर्क रहन महाशाखाले आग्रह गरेको छ। मौसमसम्बन्धी पछिल्लो सूचना लिएर आवश्यक सावधानी अपनाउन पनि अनुरोध गरिएको छ।