मलंगवा,३० असाेज-काठमाडौँबाट ओखलढुंगातर्फ जाँदै गरेको बस सिन्धुलीको खुर्कोटमा दुर्घटना भएको छ ।शुक्रबार दिउँसो खुर्कोटस्थित सडकमा बस पल्टिएको हो।

पल्टिएको बसबाट घाइतेहरूलाई उद्धार गर्ने क्रम चलिरहेको सिन्धुली जिल्ला ‍प्रहरी कार्यालयले जनाएको छ ।

बसमा कति यात्रु सवार थिए भन्ने खुलेको छैन । केही यात्रु घाइते भए पनि अवस्थाबारे थप विवरण आउन बाँकी छ । घाइतेमध्ये केहीलाई स्थानीय अस्पतालहरूमा लगिएको छ ।