मलंगवा, कात्तिक १-बढ्दो महँगी, कमजोर हुँदै गएको सार्वजनिक शिक्षा लगायतका विषय लिएर फ्रान्समा भइरहेका प्रदर्शन हिंसात्मक बनेका छन्।

शनिबार राजधानी पेरिससहित विभिन्न सहरमा प्रदर्शनकारी र प्रहरीबीच झडप, सार्वजनिक तथा निजी सम्पत्तिमा तोडफोड, लुटपाट र आगजनी समेत भएको फ्रान्स २४ ले जनाएको छ।

फ्रान्सका प्रधानमन्त्री सेबास्टियन लेकोर्नुले शनिबार देशभर भएका प्रदर्शनका क्रममा १ हजार २०० जना पक्राउ परेको र १५० जना प्रहरी घाइते भएको बताएका छन्।

गृहमन्त्री लरेन्ट नुनेजका अनुसार देशभर ५ लाख ५० हजारभन्दा बढी मानिस प्रदर्शनमा सहभागी भएका थिए।

राजधानी पेरिसमा मात्रै १ लाख १० हजार मानिस सडकमा उत्रिएका थिए। यसअघि ट्रेड युनियन सीजीटीले देशभर ५ लाख मानिस प्रदर्शनमा सहभागी भएको जनाएको थियो।

प्रदर्शनका क्रममा प्रहरीले अश्रुग्यास र पानीको फोहोरा प्रयोग गरेको थियो। नकाब लगाएका प्रदर्शनकारीले प्रहरीमाथि विभिन्न वस्तु प्रहार गर्नुका साथै पटाका र आतसबाजी प्रयोग गरेका थिए। पेरिसमा सडक किनारमा पार्क गरिएका कैयौँ गाडीमा आगजनी गरिएको थियो।

दक्षिणी सहर सेन्ट-एटिएनमा प्रहरीको भीड नियन्त्रणका लागि प्रयोग गरिने ग्रिनेड विस्फोट हुँदा १७ वर्षीय प्रदर्शनकारीको हात छुट्टिएको फ्रान्सेली सञ्चारमाध्यमले जनाएका छन्। घटनाको कारणबारे अनुसन्धान गर्न सरकारी प्रहरी निरीक्षण निकाय आइजीपीएनलाई निर्देशन दिइएको स्थानीय अभियोजन कार्यालयले जनाएको छ।

फ्रान्सका गृहमन्त्री नुनेजले घाइते युवकलाई लागेको चोट प्रहरीको ग्रिनेडबाट भएको हुन सक्ने जानकारी प्राप्त भए पनि त्यसको पुष्टि भइनसकेको बताएका छन्। उनले घटनाबारे अनुसन्धान हुने बताए।

TOPSHOT – This photograph shows a fire burning at the city hall after a group of individuals forced entry into the building during ongoing protest action against the “high cost of living”, in Limoges, central France on October 17, 2026 as part of a nationwide call for mobilisation bringing together various groups expressing their anger: former “Yellow Vest”, secondary school and university students, climate activists and even farmers. After weeks of student protests, France faces broader, nationwide demonstrations on October 17, 2026 over the cost of living, setting up a potentially fraught six months heading into a presidential election. A police source told AFP that authorities estimated nearly 200,000 people could take part, with 40,000 in Paris. (Photo by Pascal LACHENAUD / AFP)