मलंगवा, कात्तिक, २-बडादशैंको महानवमीका दिन सप्तरीका दुई शक्तिपीठमा नेपाली सेनाले पुष्पवृष्टि गर्ने भएको छ ।

‎‎छिन्नमस्ता गाउँपालिका–३ सखडामा रहेको छिन्नमस्ता भगवती मन्दिर र कंकालिनी नगरपालिका–१ स्थित भारदहमा रहेकोे कंकालिनी भगवती मन्दिरमा पुष्पवृष्टि हुने भएको हो ।

छिन्नमस्ता भगवती मन्दिरका पिठाधीश महाकान्त ठाकुरले कात्तिक ३ गते महानवमीको दिन बिहान दर्शनार्थीहरुमाथि नेपाली सेनाको हेलिकप्टरबाट पुष्प वृष्टि हुने जानकारी दिए ।

यसैगरी हनुमाननगर कंकालिनी नगरपालिकाका नगर प्रमुख वीरेन्द्र माझीले कात्तिक ३ गते मंगलबार बिहान १० बजेदेखि महासंकल्प पूजा आयोजना हुने र सोही पूजाका क्रममा नेपाली सेनाको हेलिकप्टरबाट पुष्पवृष्टि हुने जानकारी दिए ।

‎‎हनुमाननगर कंकालिनी नगरपालिकाले २०८३ असोज २३ गते प्रधानसेनापतिलाई  पुष्पवृष्टि गर्न हेलिकप्टर उपलब्ध गराइदिनुहुन पत्र पठाएको थियो ।‎

पुष्पवृष्टिका लागि आवश्यक फूलको व्यवस्थापन नगरपालिकाले नै गर्ने नगर प्रमुख माझीले बताए ।