मलंगवा, कात्तिक, २-जनकपुरधामकी सान्वी मण्डलले जितिन् ‘मिस वेलनेस वर्ल्ड २०२६’ को उपाधि जनकपुरधाम–१८, भोइलकी सान्वी मण्डलले अन्तर्राष्ट्रिय सौन्दर्य प्रतियोगिता ‘मिस वेलनेस वर्ल्ड २०२६’ को उपाधि जित्दै अन्तर्राष्ट्रिय मञ्चमा नेपालको नाम चम्काएकी छन्। थाइल्यान्डको बैंककमा सम्पन्न प्रतियोगितामा नेपालका तर्फबाट प्रतिनिधित्व गर्दै सान्वीले यो सफलता हासिल गरेकी हुन्। शारीरिक तथा मानसिक स्वास्थ्य र स्वस्थ जीवनशैलीलाई प्राथमिकता दिने यस प्रतियोगितामा उपाधि जितेसँगै सान्वीले आफ्नो प्रतिभा र क्षमतामार्फत देशको गौरव बढाएकी छन्।