मलंगवा, ०५ कात्तिक –गत वर्षको भदौ २४ गते जेन–जी प्रदर्शनका क्रममा फरार भएका कैदीबन्दी चन्द्र दमाई केसी पक्राउ परेका छन्।

जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार ४६ वर्षीय केसीलाई २०८३ कात्तिक ३ गते बिहान ९:३० बजे तारकेश्वर नगरपालिका–६, धर्मस्थलीबाट पक्राउ गरिएको हो।

सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका–६ घर भई धर्मस्थली बस्दै आएका केसी मानव बेचबिखन तथा ओसारपसार मुद्दामा केन्द्रीय कारागार जगन्नाथदेवलमा कैद भुक्तान गरिरहेका बेला फरार भएका थिए।

प्रहरी वृत्त बालाजुबाट खटिएको टोलीले उनलाई पक्राउ गरी कात्तिक ४ गते पुनः केन्द्रीय कारागार जगन्नाथदेवल पठाएको प्रहरीले जनाएको छ।

27748691 – the photo shows the arrest of a man