मलंगवा, कात्तिक.६-अमेरिकी मेडिकल ल्याब कम्पनी क्वेस्ट डायग्नोस्टिक्समा साइबर आक्रमण हुँदा बिरामीहरूको स्वास्थ्यसम्बन्धी र व्यक्तिगत विवरणमा अनधिकृत पहुँच पुगेको छ। कम्पनीले प्रभावित प्रणाली बन्द गरी अनुसन्धान थालेको जनाएको छ। आक्रमणबाट कति बिरामीको विवरण प्रभावित भयो भन्ने अझै स्पष्ट भएको छैन।