रागिनी पंडित
मलंगवा , कात्तिक, ०८ -सर्लाहीको  मलंगवा  हनुमान मन्दिरमा शनिबार राति करिब २:०० बजे मलंगवा–८ स्थित श्री हनुमान मन्दिरमा  चोरीको प्रयास गरेको आरोपमा दुई जना  व्यक्ति पक्राउ परेको छ .  दोषीलाई कडाभन्दा कडा कानुनी कारबाहीको मागसहित मलंगवा बजार बन्द गरिएको छ।

यस घटनाका सम्बन्धमा सम्बन्धित स्थानीय प्रशासन र सुरक्षा निकायको गम्भीर ध्यानाकर्षण गराउँदै मन्दिरमा चोरी गर्ने कार्यमा संलग्न दोषीहरूमाथि तत्काल निष्पक्ष छानबिन गरी कानुन बमोजिम कडा भन्दा कडा कारबाही गर्न हनुमान मन्दिर मलंगवा परिवार माग गरेका छन्

मन्दिरमा चोरी भएपछि आवाज उठाउने हिन्दु युवाहरूलाई प्रशासनले नियन्त्रणमा लिएको छ।प्रहरीले घटनासम्बन्धी थप विवरण संकलन गरिरहेको छ ।