मलंगवा , कात्तिक, ०८ –बारा र पर्सामा भएका छुट्टाछुट्टै आगलागीका घटनामा उखु र घरमा क्षति पुगेको छ। दुवै घटनामा गरी करिब ६ लाख ६० हजार रुपैयाँ बराबरको क्षति भएको छ।

बाराको कलैया उपमहानगरपालिका–१९ पचायनपुरस्थित उखुबारीमा आगलागी हुँदा नौ कठ्ठा क्षेत्रफलमा लगाइएको उखु जलेर नष्ट भएको छ। आगलागीबाट करिब ४ लाख रुपैयाँ बराबरको क्षति भएको जनाइएको छ। आगलागीपछि अस्थायी प्रहरी पोस्ट गंगापुरबाट खटिएको प्रहरी टोली, दमकल र स्थानीयवासीको सहयोगमा आगो नियन्त्रणमा लिइएको थियो।

त्यसैगरी, पर्साको पर्सागढी नगरपालिका–६ बागेश्वरी तित्रौनास्थित एक घरमा अचानक आगलागी हुँदा छिमेकीको घरको एउटा कोठासमेत जलेको छ। उक्त घटनामा करिब दुई लाख ६० हजार रुपैयाँ बराबरको क्षति भएको जनाइएको छ।