मलंगवा, कात्तिक ९ — संघीय संसद्का दुवै सदनमा ३६ वटा विधेयक विचाराधीन रहेका छन्। तीमध्ये प्रतिनिधिसभाका विभिन्न विषयगत समितिमा २४ वटा विधेयक छन् भने राष्ट्रिय सभाका समितिमा कुनै पनि विधेयक विचाराधीन छैन।

संसद् सचिवालयका अनुसार अधिवेशन अन्त्य भएपछि प्रतिनिधिसभामा थप ६ वटा नयाँ विधेयक दर्ता भएका छन्। हालसम्म दुवै सदनबाट पारित भई राष्ट्रपतिबाट प्रमाणीकरण भएका विधेयकको संख्या १२ पुगेको छ। दशैँ बिदापछि समितिमा विचाराधीन विधेयकमाथि छलफल अघि बढाइने तयारी छ।