मलंगवा, कात्तिक ९ —  राष्ट्रिय प्रजातन्त्र पार्टी(राप्रपा)का पूर्वअध्यक्षद्वय डाक्टर प्रकाशचन्द्र लोहनी र कमल थापा तथा वरिष्ठ उपाध्यक्ष विक्रम पाण्डे लगायत नेताहरू जिल्ला भ्रमणमा जाने भएका छन् ।

कात्तिक ११ देखि पर्साको वीरगञ्जबाटबाट सुरु हुने भ्रमण बारा, रौतहट, सर्लाही, महोत्तरी, धनुषा, सिरहा, सप्तरी, सुनसरी, मोरङ हुँदै झापा पुगेर समापन हुने कार्यतालिका रहेको नेता राजाराम बर्तौलाले जानकारी दिए।

भ्रमणका क्रममा मुलुकको पछिल्लो राजनीतिक घटनाक्रम, राप्रपाको भूमिका र पार्टीको सङ्गठनात्मक सुदृढीकरणका विषयमा छलफल र अन्तरक्रिया हुने बताइएको छ।

राप्रपाले पार्टीको ७५  जिल्ला अधिवेशन र ५ प्रदेश कार्य समितिको अधिवेशन सम्पन्न भइसकेको जनाएको छ भने सदस्यता बन्ने मिति  कात्तिक १८ गतेसम्म तोकेको छ।

राप्रपाले आगामी मंसिरमा महाधिवेशनको गर्ने बताएको छ।  त्यसअघि नेताहरू जिल्ला भ्रमणमा निस्कन लागेका हुन्।