मलंगवा, कात्तिक,१० -सुरक्षाकर्मीको घुमुवा भएको भन्दै भन्सार छलीका सामान पास गराइदिने र विभिन्न व्यक्तिसँग रकम असुली गर्ने आरोपमा पर्सामा एक जना बिचौलिया पक्राउ परेका छन्।

पक्राउ पर्नेमा पर्साको पोखरिया नगरपालिका–५ निवासी ५१ वर्षीय अशोक कुमार बर्णवाल रहेका छन्। जिल्ला प्रहरी कार्यालय पर्साका अनुसार उनलाई गत कात्तिक ६ गते पोखरिया नगरपालिका–५ बाट पक्राउ गरिएको हो।

बर्णवालले आफू नेपाल प्रहरी तथा सशस्त्र प्रहरी बल नेपालको घुमुवा भएको र सुरक्षाकर्मीसँग राम्रो चिनजान रहेको भन्दै भन्सार छली गरी चोरी–तस्करीका सामान सहजै पास गराइदिने आश्वासन दिएर रकम असुल्ने गरेको आरोप छ। रकम नदिने व्यक्तिको सामान पक्राउ गराइदिने भन्दै धम्की दिने तथा बिचौलियाको काम गर्ने गरेको सूचनाका आधारमा प्रहरीले उनलाई पक्राउ गरेको जनाएको छ