मलंगवा,कात्तिक, ११ –  नेपाल कम्युनिस्ट पार्टी मधेश प्रदेश कमिटीका सदस्य लक्ष्मण महतो कोइरीले पार्टीको साधारण सदस्यतासमेत नरहने गरी राजीनामा दिएका छन्।

चन्द्रनगर गाउँपालिका–१, किसनपुरका महतोले यही असोज ५ गतेबाट मधेश प्रदेश कमिटीका सभापतिलाई सम्बोधन गर्दै राजीनामापत्र बुझाउनुभएको हो।

राजीनामापत्रमा उहाँले आफू नेपाल कम्युनिस्ट पार्टीको सदस्यका रूपमा रहँदै आएको भए पनि व्यक्तिगत विचार, राजनीतिक मान्यता तथा विभिन्न कारणले गर्दा अब पार्टीमा आबद्ध भएर काम गर्न नसक्ने अवस्था आएको उल्लेख गर्दै पत्र बुझाउनु भएकाे महतोले जानकारी दिएका छन् ।

उहाँले पार्टीमा आबद्ध भएदेखि हालसम्म निर्वाह गर्दै आउनुभएको सम्पूर्ण जिम्मेवारी र पार्टीको साधारण सदस्यतासमेत स्वेच्छाले त्यागेको पत्रमार्फत जानकारी गराएका छन्।महतोले पार्टीमा रहँदा सहयोग गर्ने सम्पूर्ण नेता, कार्यकर्ता तथा  शुभचिन्तकहरूप्रति धन्यवाद व्यक्त गर्दै आफ्नो राजीनामा स्वीकृत गरी आवश्यक अभिलेख अद्यावधिक गरिदिनसमेत अनुरोध गरेका छन् ।