मलंगवा,कात्तिक, ११ – ललितपुरको कुपण्डोलमा पदार्थ विज्ञानसम्बन्धी छैटौँ अन्तर्राष्ट्रिय सम्मेलन ‘कासाम–२०२६’ सुरु भएको छ। चार दिनसम्म चल्ने सम्मेलनमा नेपालसहित विभिन्न देशका वैज्ञानिक सहभागी छन्।

सम्मेलनमा १४३ वटा अनुसन्धानमूलक कार्यपत्र प्रस्तुत गरिनेछन्। न्यानो प्रविधि, हरित ऊर्जा, ऊर्जा भण्डारण र दिगो विकाससम्बन्धी नवीन अनुसन्धानमा छलफल हुने आयोजकले जनाएको छ।