मलंगवा ,कार्तिक,२१-जनकपुरधाम र भारतको अयोध्याबीच रेल सेवा सञ्चालन गर्ने तयारी तीव्र बनेको छ। यसैक्रममा १७ वटा बोगीसहितको भारतीय रेल बिहीबार जयनगर हुँदै जनकपुरको कुर्थासम्म परीक्षणका लागि ल्याइएको छ।

प्रस्तावित रेल सेवा सातामा एक दिन सञ्चालन गर्ने प्रारम्भिक योजना छ। करिब ४६४ किलोमिटर दूरीको यो रेल सम्पर्क स्थापित भए धार्मिक पर्यटन प्रवर्द्धनसँगै जनकपुरको होटल, यातायात र स्थानीय व्यवसायमा समेत टेवा पुग्ने अपेक्षा गरिएको छ। तर, सेवा सञ्चालनको मिति, रुट र औपचारिक सम्झौता भने टुङ्गो लाग्न बाँकी छ।