मलंगवा ,कार्तिक,२१- नेपाललाई प्रविधिको उपभोगकर्ता मात्र नभई नवप्रवर्तन र डिजिटल सेवा निर्यात गर्ने मुलुक बनाउनुपर्नेमा विज्ञहरूले जोड दिएका छन्। काठमाडौंमा आयोजित एआई तथा उच्च प्रविधिसम्बन्धी अन्तरक्रियामा सहभागीहरूले युवालाई एआई, साइबर सुरक्षा र डिजिटल प्रविधिमा दक्ष बनाई स्वदेशमै रोजगारी तथा उद्यमशीलताका अवसर सिर्जना गर्नुपर्ने बताएका हुन्।

कार्यक्रममा प्रविधिको विकाससँगै प्राविधिक र गैरप्राविधिक दुवै क्षेत्रमा नयाँ रोजगारी बढ्ने उल्लेख गर्दै अनुसन्धान, सीप विकास र अन्तर्राष्ट्रिय बजारमा पहुँच विस्तारका लागि सरकार, निजी क्षेत्र र शैक्षिक संस्थाबीच सहकार्य आवश्यक रहेको औँल्याइएको थियो।