मलंगवा ,कार्तिक,२१- सिरहाको गोलबजारदेखि लगडी गदियानीसम्मको ६ वर्षदेखि अलपत्र सडक निर्माणले गति लिएको छ। शुक्रबारदेखि सडक कालोपत्रे सुरु भएपछि स्थानीयले धुलो, धुवाँ र सास्तीपूर्ण यात्राबाट राहत पाउने आशा गरेका छन्।

९१ करोड ३९ लाख रुपैयाँभन्दा बढी लागतमा निर्माण भइरहेको सडकको काम निर्धारित समयमा पूरा नभएपछि तीन पटक म्याद थप गरिएको छ। हालसम्म सडकको भौतिक प्रगति ४५ प्रतिशत पुगेको छ भने निर्माण कम्पनीले आगामी असार मसान्तसम्म काम सम्पन्न गर्ने लक्ष्य राखेको छ।