मलंगवा,कात्तिक, ११ – नेकपा एमालेका नेता गोकुल बाँस्कोटाले भारतमा दिएको अभिव्यक्तिको विरोध गर्दै अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई तत्काल पदबाट हटाउन प्रधानमन्त्री बालेन्द्र शाहसँग माग गरेका छन्।

भारतमा आयोजित ‘एनडीटीभी वर्ल्ड समिट २०२६’ मा वाग्लेले ‘नेपालमा भारतविरोधी राष्ट्रवादको युग सकिएको’ बताएपछि बाँस्कोटाले सामाजिक सञ्जालमार्फत आलोचना गरेका हुन्। उनले वाग्लेको अभिव्यक्तिलाई राष्ट्रियतासँग जोडेर प्रश्न उठाएका छन्।