सर्लाही – सर्लाहीको गोडैतामा पनि २१ औँ राष्ट्रिय महिला सामुदायिक स्वास्थ्य स्वयंसेविका दिवस मनाईएको छ। ‘विविध स्वास्थ्य क्रियाकलापहरूमा महिला सामुदायिक स्वास्थ्य स्वयम् सेविकाको भूमिका, स्वस्थ समाज निर्माणमा सहभागिता’ भन्ने नाराका साथ आज (बिहिबार) गोडैतास्थित श्री बेणि भोला नमूना माविको सभाहलमा बिशेष कार्यक्रम गरेर दिवस मनाईएको हो।

दिवसका अवसरमा आयोजित कार्यक्रममा नगरपालिका भित्र रहेका स्वास्थ्य स्वयंसेविकाहरुले के कसरि काम गरिरहेको, के कस्ता समस्याहरु झेल्नु परि रहेको तथा समस्याहरुको समाधान कसरि गर्न सकिन्छ भन्ने बिषयमा अन्तरक्रियासमेत गरिएको थियो। यसका साथै कार्यक्रमको अवसरमा पालिका भित्र रहेका महिला सामुदायिक स्वास्थ्य स्वयंसेविकाहरुलाई सेवा प्रबाहमा सहजता होस् भन्ने उद्देश्यले प्रत्येक महिला सामुदायिक स्वास्थ्य स्वयंसेविकाहरुलाई एक/एक वटा झोला बितरण गरिएको थियो।