कविलासी नगरपालिकाले ५ बर्षमा लाग्ने गढीमेलाको अवसरमा २३ र २४ गते पनि बिदा दिने निर्णय भएको जनाएको छ । पालिकाको १९ गते बसेको बैठकले आईतवार र सोमवार बिशेष पूजा भएकोले अति आवश्यक सेवा बाहेका नगरपालिका लगायत सरकारी कार्यालयका काम बन्द रहने सूचना जारी गर्दे कविलासी नगरपालिकाले जनाएको छ ।

कविलासी नगरपालिका स्थित वार्ड नं,५ रनिया र वडा नं,६ जमुनियमा पंच बर्षिय भब्य गढीमेला लाग्ने गरेको छ ।
मधेश प्रदेश सरकारले भने भोली शुक्रवार सिताराम बिवाह पंचमीको र आईतबार गढीमेलाको लागि बिदा दिने निर्णय गरेको छ ।