मलंगवा नगरपालिका,७ स्थित रहेको श्री बौधी देवी माध्यमिक विद्यालयमा लेखापाल भर्ना विवाद उग्र भएको छ । विद्यालयले कर्मचारी भर्नामा अनियमिता गरी मनपरी गरेको परिक्षामा सहभागि बिधार्थीहरुले आरोप लगाएका छन्।
विद्यालयले परिक्षाको मिती र समयमा हेरफेर गरी लिखित परिक्षा नै लिई मनपरी रुपमा कर्मचारी भर्ना गरेको आरोप लागेको छ । कार्यालय सहयोगी र लेखापालका लागि बिद्यालयले सूचना प्रकाशन गरेका थिए ।
गत शनिवार उनीहरु मलंगवा स्थित पब्लिक माध्यमिक बिद्यालयमा भएको परिक्षा मर्यादित नभएको भन्दै उनीहरु बिरोद्ध गरेका छन्। बौधी देवी माध्यमिक विद्यालयका प्रध्यापक बिन्देशवर राय सहितको एकलौटी निर्णयले विद्यालय भित्र तनाव उत्पन्न भएको स्थानियहरुले जानकारी दिए । समान्य परिक्षाले लिएर स्थानिय मनोज कुमार यादवलाई पास गरी नियुतmीको बिवादले दुई दिन देखि विद्यालय पठनपाठन अबरुद्ध छन्।


विवादले पठनपाठनमा समेत असर परेको छ । बुधवार बिहान विद्यालयको भवन शिल्नयास गर्न आएका मलंगवा नगर प्रमुख नागेन्द्र प्रसाद यादवको सुरक्षाका लागि नेपाल प्रहरी,सशस्त्र प्रहरी परिचालन गरी विद्यालय परिसर तनावको स्थित सिर्जना भएको थियो । नगर प्रमुख यादव सहित प्रमुख प्रशासकिय अधिकृत होमनाथ सुवेदी सहित समान्य छलफल भए पनि यस बिषयमा केही बोल्न चाहेनन् ।
परिक्षा संकास्पद देखिए पछि केही बिद्यार्थीहरु जिल्ला प्रशासन कार्यालय सर्लाहीमा निवेदन मार्फत जानकारी दिएका थिए । बुधवार दिउसो लेखापालका लागि आवेदन दिएका बिद्यार्थीहरु बलराम पंडित,किशन कुमार यादव,अजय कुमार यादव सहितले शिक्षा विकास तथा समन्वयमा पुन परिक्षाको मितीमा संचालन गर्न निवेदन दिएका हुन्।
विद्यालयका सहायक प्रअ देवेन्द्र दुवेका अनुसार विद्यालय भित्र देखिएको बिवाद स्थानियको ईच्छा अनुकार सहमतीमा मिलाउनु पर्ने जानकारी दिए । साथै उहाले बिवादले बिद्यार्थीहरुको शिक्षामा नकरात्मक प्रभाव परेको बताए ।
मलंगवा नगरपालिका ७ का वडा अध्यक्ष र निर्वतमान समिति बिच कक्षा संचालन गर्न दिने सहमती भए पनि नियुतm गरिएका कार्यालय सहायकको हजिरी गर्न नदिने, सर्वपक्षिय छलफल गरी समस्या समाधान गरिने स्थानिय अभिवावक सुनिल कुमार यादवले जानकारी दिए । मुसैली माविको व्यवस्थापन समिती अध्यक्षको म्याद २५ गते सकिसकेको बुभिएको छ ।