अनौपचारिक क्षेत्र केवा केन्द्र इन्ससेक जिल्ला प्रतिनिधि बुधन साहको अध्यक्षता तथा जिल्ला समन्वय समिति सर्लाहीका प्रमुख कौशल किशोर सिंहको प्रमुख आतिथ्यतामा कार्यक्रम आयोजना गरिएको हो । जिल्लामा २०८० सला पुस १७ गतेदेखि २०८१ पुस ३ गते सम्म सन् २०२५को वार्षिक संकलन २०६ ओटा घटनाहरुको तथ्यांक सार्वजनिक गरेको छ । समिक्षा कार्यक्रममा विशिष्ट अतिथि पुर्व सांसद माननिय प्रमोद साह, सहायक प्रमुख जिल्ला अधिकारी होम प्रसाद घिमिरे,जिल्ला न्यायधिवता एक राज अधिकारी,प्रहरी निरिक्षक बालिष्टर सिंह लगायतको आतिथ्यता रहेको थियो ।
जिल्लामा सबैभन्दा धेरै महिला बल्तकारको प्रयासको ३४ ओटा, बालिका बल्तकारको घटना २९ ओटा र महिला बल्तकारको १७ ओटा घटना भएको इन्सेकले जनाएको छ ।
सन् २०२३ मा भएकोे बलात्कार बलात्कार प्रयास,कुटपिट,हत्या बहुविवाह,बोक्सी हिंसा जस्ता घट्नाले सन् २०२४ मा पनि निरन्तरता पाएको अवस्था देखिएको छ ।
इन्सेक सर्लाहीले महिला मानब अधिकारकर्मी रम्भा झा,नेपाल पत्रकार महासंघ सर्लाही शाखाका महिला उपाध्यक्ष बन्धना झालाई सम्मान गरिएको हो ।
वार्षिक पुर्व समिक्षा कार्यक्रम मनब अधिकारकर्मी मुकेश कुमार मिश्रले संचालन गरेको कार्यक्रममा नागरिक समाजका महासचिव शिवचन्द्र चौधरी,बाजिका सहित्य समाजका रामचन्द्र कुशवाहा,युएनडिपीका बचेलाल महतो लगायत बिभिन्न गैरसरकारी संघसंस्थाका प्रतिनिधिहरुको उपस्थिती रहेको थियो ।