अत्यधिक जाडोका कारण  चन्द्रनगर गाउँपालिकाले सामुदायिक तथा निजि विद्यालय बन्द गरेको छ ।   गाउँपालिकाले एक हप्ता विद्यालय बन्द गर्ने सूचना जारी गरेको छ । चन्द्रनगर गाउँपालिका शिक्षा अधिकृत कमला कुमारी बस्नेतद्वारा हस्ताक्षर सूचनामा पुस १८ गते देखि पुस २४ गते सम्म सात दिन गाउँपालिकाले विद्यालयहरुमा विदा दिएको जनाएका छन् ।

हिजो मंगलबार देखि बढेको चिसोले सर्लाही सहित मधेश प्रदेशको जनजिवन कष्टकर बनेको छ । चिसो संगसंगै हावाले झन प्रभावित बनाएको छ । अत्यधिक चिसोले वालवालिकामा झाडापखाला, निमोनिया, टाउको दुख्ने, श्वासप्रश्वाससम्बन्धी समस्या, रुघाखोकी, एलर्जी, छाला सुक्खा भएर फुट्ने वा दाग देखिने, खाना नपच्ने, हातखुट्टा तथा जोर्नी सुन्निनेलगायत समस्या बढ्ने गरेकाले जाडोवाट बच्न चिकित्सकहरूले बताएका छन्।

बालबालिका, वृद्धवृद्धा, मुटु, मिर्गौला, मधुमेह तथा अन्य दीर्घरोगी चिसोले थप जोखिममा भएकाले यो मौसममा उनीहरूले विशेष ख्याल पु¥याउनुपर्ने चिकित्सकको सुझाव छ । जाडोका कारण प्रत्येक वर्ष विद्यालय बन्द हुने गरेको छ ।